बालुवाटारमा नियुक्ती, सिंहदरबारमा बिदाई
आज दिउँसो बालुवाटारमा एकै छिन बसेको क्याबिनेट बैठकले नेपाल प्रहरीको रिक्त हुन लागेको प्रहरी महानिरीक्षकमा धिरजप्रताप सिंह र सशस्त्र प्रहरी बल नेपालको प्रहरी महानिरीक्षकमा राजु अर्यालाई नियुक्त गरेको छ ।
यता गृह मन्त्रालयमा आयोजित बिदाई समारोहमा गृहमन्त्री बालकृष्ण खाँणले आजदेखि अवकाश हुन लागेका दुई जना आईजीपीलाई औपचारिक बिदाई गर्नुभएको हो ।
मन्त्री खाँणले नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री र सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक पुष्पराम केसीलाई बिदाइ गर्नुभएको हो ।
उहाँहरु दुवै जनाले ३० वर्षे सेवा अवधिका कारण आज मध्यरातदेखि अवकाश पाउन लाग्नुभएको हो ।
टिप्पणीहरू