समृद्धि स्कुलद्धारा अनलाइन क्लास संचालन ।

समृद्धि स्कुलद्धारा अनलाइन क्लास संचालन ।
विश्व स्वास्थ्य संगठन तथा नेपाल सरकारले जारी गरेका निर्देशनहरुको पुर्ण पालना गरी ‘आफु बचौं र अरुलाई पनि बचाऔं’ सोचका साथ विश्वव्यापी फैलिरहेको नोबेल कोरोना भाईरस (कोभिड १९) महामारीको रोकथाम तथा त्यसबाट सुरक्षित रहनका लागि मुलुक एक महिनादेखि लकडाउनमा छ ।
 
सम्पुर्ण शैक्षिक संस्थाहरु बन्द छन् । लकडाउनलाई मध्यनजर राख्दै बालाजुको विनायक बस्तीमा रहेको समृद्धि स्कुलले गुगल तथा अनलाइन क्लास शुरु गरेको छ ।
विद्यालय बन्द छ । पठन पाठन ठप्प छ । विद्यार्थीले शिक्षा जारी राख्नु पर्छ, पढाई तथा सिकाई पनि नछुटाओस् भन्ने उद्देश्यले लकडाउन अवधि भर विद्यार्थीहरुले घर घरमै बसेर पढ्ने वातावरण मिलाउन स्कुलले अनलाइन क्लास सञ्चालन गर्न लागिएको हो । ।‘जुम’ एप प्रयोग गरेर इन्टरनेटको माध्यमबाट शिक्षकले भिडियो कन्फ्रेन्स गरि आफ्नै घरमा बसेर पढाउन सकिन्छ र विद्यार्थीहरुले पनि आफ्नै घरमा बसेर पढ्न सकिन्छ ।
 
‘जुम’ एपको साथ साथै ‘गुगल’ क्लासबाट विद्यार्थीहरुलाई गृहकार्य, अध्ययन सामाग्री प्रदान गर्ने, प्रोजेक्ट वर्क, रिसर्च वर्क, एसाइन्जमेन्टहरु पनि दिन सक्ने भएकोले लकडाउनमा अनलाइन क्लास शिक्षक र विद्यार्थी विच सिधा सम्पर्क राख्ने एउटा उपयुक्त माध्यम हो ।
 
स्कुलले प्लेग्रुप देखि कक्षा १० सम्मकै विद्यार्थीका लागि बैशाख १२ गते शुक्रबारदेख अनलाइन पढाइ शुरु गर्ने भएको छ । साथै स्कुलले लकडाउनका कारण हाल विद्यालय खुला नभएकाले नयाँ भर्ना हुन इच्छुक विद्यार्थीहरुले स्कुलको वेबसाइट http://samriddhischool.edu.np/ मा गएर फारम भरेर भर्ना हुन सकिन्छ ।

टिप्पणीहरू