भोलि इद उल फित्र पर्वको बिदा

भोलि इद उल फित्र पर्वको बिदा

सरकारले भोलि सार्वजनिक बिदाको घोषणा गरेको छ । इस्लाम धर्मावलम्वीहरुको पर्व इद उल फित्रको उपलक्ष्यमा भोलि मुलुकभर सार्वजनिक बिदा दिने निर्णय गरिएको हो ।

गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार गत फागुन २६ गते राजपत्रमा प्रकाशित सूचनाअनुसार इद उल फित्र पर्वको उपलक्ष्यमा बिदा दिइएको हो ।मुस्लिमहरुले हिजो साँझसम्म एक महिने ब्रत रोजा बसेका थिए । हिजो साँझ चन्द्रमा नदेखिएकाले इद उल फित्र भोलिलाई सरेको हो । रोजा सकिएको साँझ चन्द्रमा देखिएको अवस्थामा इद उल फित्र पर्व भोलिपल्ट मनाउने प्रचलन छ ।

टिप्पणीहरू