माओवादी उम्मेदवारमाथि खुकुरी प्रहार

माओवादी उम्मेदवारमाथि खुकुरी प्रहार

बैतडीमा वडा सदस्यका उम्मेदवारमाथि खुकुरी प्रहार भएको छ । गएराति डिलासैनी गाउँपालिका ५ का वडा सदस्यका उम्मेदवार ६० वर्षीय हरिराम साउदमाथि खुकुरी प्रहार भएको हो ।

राति करिब १० बजेको समयमा अजित साउदको समूहले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीले बताए । अहिले २८ वर्षीय अजितलाई नियन्त्रणमा लिइसकेको उनले जनआस्थालाई जानकारी दिए ।

नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेका साउदको टाउको र शरिरका विभिन्न भागमा गहिरो चोट लागेको छ । गम्भीर घाइते उनलाई स्थानीय अस्पतालबाट थप उपचारको निम्ति धनगढी रिफर गरिएको छ ।

टिप्पणीहरू