पर्सिसम्म सबैतिर मतपत्र पुगिसक्ने
निर्वाचन आयोगले पर्सिसम्ममा देशभर मत्रपत्र पुगिसक्ने जनाएको छ । आयोगको निर्वाचन सञ्चालन तथा व्यवस्थापन शाखाका उपसचिव ऋषिराम भुसालले प्रदेशको १ को मोरङ, मधेस प्रदेशका केही जिल्ला र बाग्मती प्रदेशको चितवनमा मतपत्र ढुवानी गर्न बाँकी रहेको जनाउँदै पर्सिसम्म सकिने जानकारी दिए ।
आयोगका अनुसार हालसम्म ६५ जिल्लामा मतपत्र ढुवानीसमेत सकिसकेको छ । केही स्थानीय तहको मतपत्र पुनः छाप्नुपरेकाले ढुवानी हुन् नसकेको हो ।
स्थानीय तह निर्वाचनको मतदान अब ९ दिन बाँकी छ । आयोगले निर्वाचन सम्पन्न गर्न अन्य आवश्यक काम यसअघि गरिसकेको छ ।
निर्वाचनमा कूल मतदाता एक करोड ७७ लाख ३३ हजार ७ सय २३ जना छन् । त्यसमध्ये महिला ८७ लाख ४१ हजार ५ सय ३० जना, पुरुष ८९ लाख ९२ हजार १० जना र अन्य १ सय ८३ जना छन् ।
टिप्पणीहरू