मन्थलीमा माइक्रोबस दुर्घटना : १० जना घाइते, २ जनालाई काठमाडौं ल्याइयो
रामेछापको मन्थली नगरपालिका–६ सेलेघाटमा माइक्रोबस दुर्घटना भएको छ । दुर्घटनामा परी १० जना घाइते भएका छन् ।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ । आज दिउँसो काठमाडौंबाट मन्थलीतर्फ जाँदै गरेको बा. २ ख ४१८० नम्बरको माइक्रोबस सडकबाट करिब २० मिटर तल खसेको हो ।
गम्भीर घाइतेको थप उपचारको निम्ति हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ । उनीहरु रामेछापको खाँडादेवी गाउँपालिका– १ बस्ने वर्ष ३७ का सविना मोक्तान र उनका ६ वर्षका छोरा सिजन मोक्तान हुन् ।
आठ जना घाइतेको सिन्धुलीको खुर्कोटस्थित शुभजीवन अस्पताल र सुनकोसी सामुदायिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता राजुप्रसाद ढकालले जानकारी दिए ।
टिप्पणीहरू