धमाधम लोप हुदै सरीसृप

धमाधम लोप हुदै सरीसृप

बेलायतका वैज्ञानिकहरुले हरेक पाँचमध्ये एउटा घिस्रिने प्राणी लोप हुने खतरा रहेको बताएका छन् । नेचर जर्नलमा प्रकाशित उक्त अध्ययनअनुसार विश्वभर पाँच प्रजातिमध्ये एकभन्दा बढी सरीसृपहरु लोप हुने अवस्थामा छन् ।

तीमध्ये गोही र कछुवाहरु बढी जोखिममा भएकाले तत्काल संरक्षणका लागि आह्वान गरिएको हो । किङ कोब्राको अवस्था पनि नाजुक रहेको उनीहरुले बताएका छन् ।

१० हजार एक सय ९६ सरीसृपमा गरिएको अध्ययनमा २१ प्रतिशत गम्भीर रुपमा लोपोन्मुख हुने अवस्थामा पाइएको हो । दक्षिण एसियाका हुड भएको सर्प पनि हराउन लागेको अध्ययनमा उल्लेख गरिएको छ । ड्यूक विश्वविद्यालयका पर्यावरणविद् स्टुअप पिमले यो अध्ययन धेरै उपलब्धिपूर्ण भएको जनाएका छन् । यसले कहाँ, कति प्रजाति छन् भन्ने ज्ञान थप्ने उनी बताउँछन् ।

वैज्ञानिकहरूका अनुसार सरीसृपहरूको संरक्षणमा लामो समयदेखि बेवास्ता गरिएको छ किनकी तिनीहरू भुत्ला र प्वाँख भएका प्राणीहरूभन्दा कम आकर्षक देखिन्छन् । अहिलेसम्म यसका ३१ प्रजाति लोप भइसकेका छन् ।

टिप्पणीहरू