उत्तरतिर हिमाल चढ्नेको लर्को
वसन्तु ऋतुको आगमनसँगै हिमाली क्षेत्रमा पर्यटकहरुको चहलपहल सुरु भएको छ । अझ हिमाल चढ्ने पर्यटकको संख्या ह्वात्तै बढेको छ । नेपालमा हिमाल चढ्नको निम्ति यो सिजनमा एक सय १३ टिमले अनुमति पाएका छन् । तीमध्ये सगरमाथा चढ्न अनुमति लिने टिम सबैभन्दा बढी भएको पर्यटक विभागले जनाएको छ ।
विभागका अनुसार सगरमाथा आरोहण गर्न ३९ टिमले स्वीकृति लिएका छन् । तीमध्ये दुईसय ४३ जना पुरुष र ७३ जना महिला छन् । त्यसैगरी, थापा पिक चढ्न नौ जना पुरुष र तीन जना महिला, अमादब्लम हिमाल चढ्न ७९ जना पुरुष र १८ जना महिलाले अनुमति पाएका छन् ।
यसैगरी १४ पुरुष र १२ महिलाले अन्नपूर्ण १, सात पुरुष र दुई महिलाले अन्नपूर्ण ४ को आरोहण गर्ने जनाइएको छ । १८ पुरुष र दुई महिलाले बरुत्से, ६ पुरुष र दुई महिलाले भेम्दाङ, १९ पुरुष र आठ महिलाले धौलागिरी चढ्न अनुमति पाएका छन् ।
चारले डोल्पा खाङ, दुईले गंगापूर्ण, ३५ ले हिमलुङ, ६८ ले कञ्चनजंघा, दुईले खाङचुङ, एक सय २७ ले लोत्से हिमाल आरोहण गर्न स्वीकृति लिएको विभागले जानकारी दिएको हो । अनुमति लिएकामध्ये ३९ जनाले मकालु, नौले मनास्लु, चारले मुकोट, पाँचले नोर्बु खाङको आरोहण गर्नेछन् ।
त्यस्तै, ५७ जनाले नुप्त्से, पाँचले पुखाङ, नौ जनाले पोखरखाङ, १४ ले पुठा हिमचुली, नौ रत्नचुली, १० सरीबुङ, दुई सौला, दुई जनाले उर्खनमार्ग चढ्ने छन् । विभागले वसन्तु ऋतुलाई लक्षित गर्दै २६ वटा हिमाल आरोहणका निम्ति खुला गरेको हो ।
टिप्पणीहरू