गगन थापाले एमालेसँग पछिल्लो ५ वर्षको हिसाब मागे
नेपाली काँग्रेसका महामन्त्री गगन थापाले राजनीतिक पार्टी र उम्मेदवारहरुलाई जवाफदेही बनाउनुपर्ने बताएका छन् । आज काठमाडौंका क्रियाशील कार्यकर्ताहरुको भेलालाई सम्बोधन गर्दै उनले दल र उम्मेदवारलाई जवाफदेही बनाउन मतदाताहरु सचेत हुनुपर्नेमा जोड दिए ।
२०७४ सालमा भएको स्थानीय तह निर्वाचनबाट काठमाडौं महानगरपालिकाको जिम्मा पाएको एमालेले के–के काम गर्यो भनेर जवाफ खोज्नुपर्ने महामन्त्री थापाको भनाइ छ । ‘२०७४ सालको चुनावबाट काठमाडौं महानगरको जिम्मा एमालेले पायो,’ उनले भने, ‘पछिललो पाँँच वर्षमा एमालेले के के गर्यो ? यसको जवाफ माग्नुपर्छ र एमालेले दिनुपर्छ ।’
काँग्रेसबाट महानगर मेयरको उम्मेदवार बनेकी सृजना सिंहले विजयी भएपछि अर्काे चुनावमा काँग्रेसले जवाफ दिनुपर्ने पनि उनले बताए ।
दलहरूलाई जवाफदेही बनाउने गरी नागरिकलाई बुझाउन कार्यकर्तालाई निर्देशन दिएका महामन्त्री थापाले निर्वाचनका लागि सक्रिय भएर लाग्न आग्रह गरे ।
टिप्पणीहरू