गठबन्धनको सभामा बोल्न पुगेका मन्त्री भरतपुर देखेर चकित !
जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले पछिल्लो पाँच वर्षमा भरतपुर महानगरको विकास देखेर आफूलाई अत्यन्त खुशी लागेको बताउनुभएको छ ।
पाँच दलीय गठबन्धनले आज भरतपुरमा आयोजना गरेक बृहत् चुनावी सभालाई सम्बोधन गर्दै उहाँले राजनीतिक जीवनमा पटक–पटक भरतपुर आएको तर रेणु दाहालको नेतृत्वमा अहिले महानगरमा कायापलट भएको देखेर गर्व महशुस भएको बताउनुभयो ।
‘मेरो राजनीतिक जीवनमा म ४० पटकभन्दा धेरै पटक भरतपुर आइसकेको छु । तर, पछिल्लो पाँच वर्षमा भरतपुरको विकास गर्व गर्न लायक बनेको देखिएको छ’, उहाँले भन्नुभयो, ’यसले पनि रेणुको नेतृत्वमा महानगरको कायापलट हुनेछ भन्ने विश्वास लिन सकिने देखिएको छ ।’
मन्त्री श्रेष्ठले एमाले अध्यक्ष केपी शर्मा ओलीले जनतालाई हवाई सपना बाँडेर अघिल्लो पटक चुनाव जितेको तर केही काम नगरेकाले अब जनताले एमालेलाई नपत्याउने दाबी पनि गर्नुभयो । केपीले संविधान, लोकतन्त्र र संघीयता खान खोजेपछि त्यसलाई रोक्न अहिलेको सत्ता गठबन्धन बनेको र गठबन्धनले देशभर चुनाव जित्ने उहाँले बताउनुभयो ।
टिप्पणीहरू