गठबन्धनले महिलालाई नपत्याएको एमाले अध्यक्षको आरोप
एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्ताधारी पाँचदलीय गठबन्धनले आसन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार चयन गर्ने क्रममा महिलालाई महत्व नदिइएको बताउनुभएको छ । उहाँले कैलालीको बर्दगोरिया गाउँपालिकाको चुनावी सभालाई सम्बोधन गर्दै उक्त कुरा बताउनुभएको हो ।
अध्यक्ष ओलीले स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने दाबी गर्नुभएको छ । स्थानीय तहको निर्वाचनपछि एमालेले आगामी सरकारको नेतृत्व गर्ने दृश्य देखिने उहाँको भनाइ थियो ।
तर, छ वटा महानगरपालिकामा गठबन्धनले दुई वटामा मेयरमा महिला उम्मेदवार उठाएको छ भने एमालेले छ वटैमा मेयरमा पुरुष उम्मेदवार बनाएको छ ।
टिप्पणीहरू