पाल्पामा जीप दुर्घटना, १ बिते, २ घाइते
पाल्पामा आज साँझ जीप दुर्घटना भएको छ । दुर्घटनामा एक जनाको मृत्यु र दुई जना घाइते भएका छन् ।
बुटवलबाट रामपुरतर्फ जाँदै गरेको लु. १ च ७७८० नम्बरको बलेरो जीप तिनाउ गाउँपालिकाको चर्चरेमा दुर्घटना भएको हो ।
दुर्घटनामा जीप मालिक रामपुरका सूर्यप्रसाद श्रेष्ठको घटनास्थलमा निधन भएको हो । अन्य घाइतेहरूमा चालक २७ वर्षीय खेमबहादुर खाम्चा र रामपुरका टुकनारायण श्रेष्ठ हुन् ।
जीप सडकबाट झण्डै तीन सय मिटर तलको खोला बगरमा खसेको छ ।
टिप्पणीहरू