भैरहवाबाट कुवेत जाने हवाई भाडा ३० हजार रुपैयाँ

भैरहवाबाट कुवेत जाने हवाई भाडा ३० हजार रुपैयाँ

कुवेतको जजिरा एयरवेजले भैरहवास्थित नननिर्मित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी बुद्ध जयन्तीका दिनदेखि उडान गर्ने भएको छ । जजिराको पहिलो उडानबाट नै भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानको सुरुआत हुनेछ ।

जजिराले कुवेतको कुवेतसिटी अन्तर्राष्ट्रिय विमानस्थलबाट गौतम बुद्ध विमानस्थलमा साताको तीन उडान गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार जजिराले एकतर्फी भाडा ३० हजार दुई सय १४ रुपैयाँ निर्धारण गरेको छ ।

टिप्पणीहरू