काँग्रेसका युवा देशभर परिचालन हुने

काँग्रेसका युवा देशभर परिचालन हुने

नेपाली कांग्रेसनिकट युवा संगठन नेपाल तरुण दलले स्थानीय निर्वाचन परिचालन समिति गठन गरेको छ । तरुण दलले हिजो ९९ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको हो ।

अध्यक्ष विद्वान गुरुङद्वारा जारी विज्ञप्तिमा कांग्रेस र गठबन्धनका उम्मेदवारलाई विजयी गराउन सक्रिय भूमिका निर्वाह गर्ने उदेश्यका साथ समिति गठन गरिएको उल्लेख छ ।

’यही २०७९ वैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस पार्टी र गठबन्धन दलहरुको तर्फबाट उम्मेदवार हुनुभएका सम्पूर्ण उम्मेदवारहरुलाई विजयी गराउन सक्रिय रुपमा तरुण परिचालन गर्ने उदेश्यका साथ ‘स्थानीय तह निर्वाचन केन्द्रीय तरुण परिचालन समिति’ गठन गरिएको छ’, विज्ञप्तिमा लेखिएको छ ।

समितिको सदस्य सचिवको जिम्मेवारी तरुण दलका मुख्यसचिव ठानप्रसाद पोखरेललाई दिएको अध्यक्ष गुरुङले जानकारी दिएका छन् ।

टिप्पणीहरू