आलमको मुद्दा ६ नम्बर इजलासमा

आलमको मुद्दा ६ नम्बर इजलासमा

रौतहट नरसंहारका आरोपी तथा नेपाली काँग्रेसका सांसद मोहम्मद अफताब आलमको मुद्दाको आज सुनुवाइ हुँदैछ ।

सर्वाेच्च अदालतको ६ नम्बरको इजलाशमा न्यायधीशद्धय सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलाशमा मुद्दाको पेशी तोकिएको हो । वैशाख तेश्रो साता सुनुवाई नसकिएका कारण हेर्दाहेर्दैमा राखिएको मुद्दा आज सुनुवाई हुन लागेको हो ।

आलमविरुद्ध विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मारेको सम्बन्धी अभियोग लागेको छ । पहिलो संविधानसभाका बेला २०६४ फागुन २७ गते आलमको घर नजिक बम बनाउने क्रममा बिस्फोट हुँदा ८ जना घाइते भएका थिए । घाइते सबैलाई नजिकैको इँटाभट्टामा जलाएको अभियोगमा रौतहट जिल्ला अदालतले आलमलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

जिल्ला अदालत रौतहट र उच्च अदालत वीरगन्जले थुनामा राख्न दिएको आदेशविरुद्ध आलमले सर्वोच्चमा २०७७ मंसिर १२ गते फैसला बदरको माग गर्दै निवेदन दिएका थिए । कहिले हेर्न नमिल्ने त कहिले हेर्न नभ्याइनेमा पर्दै आएको मुद्दा अस्तिबाट सुनुवाई प्रारम्भ भएको हो ।

निलम्बित सांसद आलमले आफू थुनामुक्त हुन पाउनुपर्ने माग गरेका छन् ।

टिप्पणीहरू