राप्रपा उम्मेदवारको गाडी काँग्रेसद्वारा खरानी
मोरङको बेलबारी नगरपालिकामा राप्रपाबाट मेयरका उम्मेदवार खेमराज गौतमको सवारीसाधनमाथि आगजनी गरिएको छ । काँग्रेसका स्थानीय कार्यकर्ताले गाडीमा पेट्रोल छर्किएर आगजानी गरेको राप्रपाको आरोप छ ।
उम्मेदवार गौतमको सवारीसाधनमाथि आगजानी गरिएको घटना निन्दनीय रहेको भन्दै राप्रपाले उक्त घटनाको छानबिन गरेर दोषीमाथि कारबाहीको माग गरेको छ ।
‘मोरङको बेलबारी नगरपालिकामा राप्रपाको तर्फबाट मेयर पदका उमेदवार खेमराज गौतमको सवारीसाधनमाथि आगजनी गरिएको घटना दुःखद र निन्दनीय छ’, राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले भनेका छन्, ’सिसिटिभी फुटेजबाट मोटरमा पेट्रोल छर्केर आगो लगाउने व्यक्तिको पहिचान भएको र नेपाली काँग्रेसको कार्यकर्ताको रुपमा परिचित निज पक्राउसमेत परिसकेको अवस्थामा घटनाको यथार्थ विवरण लिन, निजलाई उक्साउने व्यक्ति, समूह र दलबारे सत्यतथ्य छानबिन गरी हदैसम्मको कारबाहीको माग गर्दछौं ।’
राप्रपाले निष्पक्ष र भयरहित निर्वाचनको वातावरण बनाउन सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।
टिप्पणीहरू