उम्मेदवारको गाडी जलेर भष्म, एमालेको बस दनदनी

उम्मेदवारको गाडी जलेर भष्म, एमालेको बस दनदनी

वीरेन्द्रनगर नगरपालिकाकी उपप्रमुख शान्ति ढकाल चढ्ने गरेको गाडीमा गए राति अज्ञात समूहले आगजनी गरेको छ । काँग्रेस–माओवादी गठबन्धनकी उम्मेदवार ढकाल चढ्ने गरेको बा १४ च ६८३१ नम्बरको स्कर्पियो गाडीमा अज्ञात समूहले आगजनी गरेको हो ।

वीरेन्द्रनगर नगरपालिका–६ को मुख्य बजार क्षेत्रमा रहेको सत्कार होटल अगाडि पार्किङमा राखेको गाडीमा अज्ञात समूहले आगजनी गरेको हो ।

त्यस्तै, जुम्ला रोडस्थित सेञ्चुरी बैंक अगाडि रोकेको कर्णाली प्रदेश ०२–००१ ख ००६१ नम्बरको मिनी बसमा पनि शुक्रबार राति आगजनी भएको छ । मिनीबस एमालेको चुनाव प्रचारमा प्रयोग हुँदै आएको थियो ।

आगजनीबाट स्कर्पियोको टायर र बाहिरी भागमा क्षति भएको छ भने मिनीबसको सिसा र भित्र सिटहरुमा क्षति पुगेको जिल्ला प्रहरी कार्यलय सुर्खेतका प्रमुख प्रहरी उपरिक्षक पदमबहादुर विष्टले बताए ।

टिप्पणीहरू