प्रचण्डले पनि नागरिकताको कुरो उठाउनुभयो

प्रचण्डले पनि नागरिकताको कुरो उठाउनुभयो

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तराईको नागरिकता समस्या समाधान गर्ने बताएनुभएको छ । उहाँले नेकपा एमालेका कारण नागरिकताको समस्या समाधान हुन नसकेको उल्लेख गर्नुभएको हो ।

धनुषाको मिथिला नगरपालिकास्थित ढल्केबरमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उहाँले एमालले संसद चल्न नदिएका कारण नागरिकताको समस्या समाधान नभएको बताउनुभयो ।

‘एमालेले नै संसद चल्न दिएको छैन । संसदमा बहस हुन दिएको छैन । त्यसैले नागरिकताको समस्या समाधान गर्न ढिला भइरहेको छ । तर अब सदन खुल्नेबित्तिकै सबैभन्दा पहिले एमालेले माने पनि नमाने पनि नागरिकताको समस्या समाधान गर्नेछौं,’ प्रचण्डले उल्लेख गर्नुभयो ।

माओवादी अध्यक्ष दाहालले मधेसी जनताको अधिकारका निम्ति अन्तिमसम्म पनि संघर्ष गरिरहने बताउँदै अध्यक्ष प्रचण्डले २०७० को निर्वाचनमा मधेशबाटै लडेको र मधेशी जनसमुदायको मत पाएरै आफू निर्वाचित भएको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, ‘मैले २०७० को निर्वाचन मधेसबाटै लडें, मधेसी जनसमुदायको मत पाएरै निर्वाचित पनि भएँ र दोस्रोपटक प्रधानमन्त्री पनि मधेसी जनताको मतकै कारणले भएँ । अहिलेको निर्वाचनमा मधेशले नयाँ रेकर्ड, नयाँ उदाहरण पेश गर्नुपर्नेछ ।’

टिप्पणीहरू