प्रचण्डलाई जुत्ता हान्छु भन्ने पत्रकार समातिए

प्रचण्डलाई जुत्ता हान्छु भन्ने पत्रकार समातिए

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जुत्ता हान्छु भनेर सामाजिक सञ्जालमा लेख्ने एक पत्रकार समातिएका छन् । ‘मेरी छोरीले चुनाव हारे देश दुर्घटनामा जान्छ भन्ने प्रचण्ड दाङ आए जुत्ता म हान्छु’ भन्दै सामाजिक सञ्जालमा लेखेका उनलाई आज प्रहरीले नियन्त्रणमा लिएको हो ।

दाङको तुलसीपुर उपमहानगरपालिका ३ बस्ने ५२ वर्षे यज्ञबहादुर बुढालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पत्रकार बुढालाई जिल्ला प्रहरी कार्यालयको समन्वयमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो । उनीमाथि विद्युतीय करोबार ऐनअनुसार कारबाही हुने प्रहरीले बताएको छ ।

यसअघि यौन हिंसा पीडित राउटे युवतीको पहिचानसहितको तस्बिर र भिडियो आफ्नो युट्युब च्यानल र अनलाइनबाट सार्वजनिक गरेपछि उनलाई प्रहरीले पक्रेको थियो ।

टिप्पणीहरू