गठबन्धनका शीर्ष नेताले आज पोखरा र तुलसीपुरमा भाषण गर्ने

गठबन्धनका शीर्ष नेताले आज पोखरा र तुलसीपुरमा भाषण गर्ने

दिनहुँजसो देशका ठूला सहरमा चुनावीसभा गरिरहेको सत्तागठबन्धनमा आबद्ध दलहरुले आज पोखरामा चुनावीसभा आयोजना गरेका छन् ।

उक्त सभालाई प्रधानमन्त्री शेरबहादुर देउवासँगै गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ । पोखराको सभा शुरु हुन थालेको छ ।

गठबन्धनले यसअघि भरतपुर, काठमाडौं, बुटवल र जनकपुरमा चुनावीसभा गरिसकेको छ ।

पोखराको सभा सकेर काँग्रेस सभापति देउवालगायत शीर्ष नेताहरू दाङको तुलसीपुर जाने कार्यक्रम रहेको छ । दाङमा दिउँसो २ बजेका लागि सभा समय तोकिएको छ ।

टिप्पणीहरू