काँग्रेस उम्मेदवारका छोरालाई जसपाका उम्मेदवारका छोराले निर्घात कुटे

काँग्रेस उम्मेदवारका छोरालाई जसपाका उम्मेदवारका छोराले निर्घात कुटे

बारामा नेपाली काँग्रेसका उम्मेदवारका छोरालाई जसपाका उम्मेदवारका छोराले निर्घात कुटपिट गरेका छन् । झिटकैया गाउँपालिकामा जसपाबाट वडा सदस्यमा उठेका उदयचन्द्र यादवका छोरा रोशनले काँग्रेसका अनिल यादवमाथि सांघातिक आक्रमण गरेका हुन् ।

अनिलले काँग्रेसको पर्चा, पम्प्लेट र पोष्टर च्यातेर जसपाको पम्प्लेट टाँस्दै हिँडेपछि रोशन यादवको विरोध गरेका थिए । सोही कारण उनीमाथि आक्रमण भएको बताइन्छ । रोशनले प्रहार गरेको लठ्ठीबाट अनिलको टाउको फुटेको हो ।

उनको वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ । उक्त घटनामा संलग्नहरुलाई जिल्ला प्रहरी कार्यालयले हिरासतमा लिएको छ । हाल प्रहरी हिरासतमा रहेका धुरी राय यादवका छोरा रविन्द्र यादव र किसन देव यादवका छोरा पप्पु यादवमाथि प्रहरील अनुसन्धान गरिरहेको बताइएको छ ।

त्यसैगरी देवताल गाउँपालिका २ मा जसपा पार्टीबाट प्रमुख पदमा उम्मेदवार रहेका उदय चन्द्र यादव र अर्का उम्मेदवार मनरोदिन मियाले खुलमखुल्ला रकम बाँडेर आचारसंहिताको उल्लंघन गरेको स्थानीयको आरोप छ । उनीहरुले रकम नलिने मतदातालाई विभिन्न धाकधम्की दिन थालेको अन्य पार्टीका उम्मेदवारले बताएका छन् ।

टिप्पणीहरू