एमाले अध्यक्ष ललितपुरमा ९ पेजको अपिल पढेर चितवन र बुटवलतिर

एमाले अध्यक्ष ललितपुरमा ९ पेजको अपिल पढेर चितवन र बुटवलतिर

एमाले अध्यक्ष तथा भूतपूर्व प्रधानमन्त्री केपी शर्मा ओली ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उपस्थित भएर बुटवलतर्फ प्रस्थान गर्नुभएको छ । बिहान १० बजे हुने भनिएको पत्रकार सम्मेलन ११ बजे शुरु भएपछि अध्यक्ष ओलीले स्थनीय तहको निर्वाचनसँग सम्बन्धित नौ पेज लामो अपिल पढेर सुनाउनुभएको हो ।

पार्टी महासचिव शंकर पोखरेल, स्थायी कमिटी सदस्य विष्णु रिजाल, पार्टी विदेस विभाग प्रमुख राजन भट्टराईलगायत नेताहरु उपस्थित उक्त कार्यक्रम सवा १२ बजे सकिएको हो ।

अपिल पढेर सुनाएपछि उहाँ बुटवल जानुभएकाे हाे । त्यसपिछ भरतपुर जाने कार्यक्रम छ । आज भरतपुर र बुटवलमा एमालेले चुनावी सभाको आयोजना गरेको छ ।

चितवनमा सुरेन्द्र पाण्डे लगायतका नेताहरुले सम्बोधन गर्दै कार्यक्रम अघि बढाउँदा उता  बुटवलमा नेताहरू विष्णु  पाैडेल, घनश्याम भुसाल, छबिलाल विश्वकर्माले भाषण गरेका हुन् । ओली अहिले बुटवलपछि चितवन पुग्ने कार्यक्रम छ ।

[pdf-embedder url=”https://www.janaaastha.com/wp-content/uploads/2022/05/jpg2pdf-1.pdf” title=”jpg2pdf (1)”]

टिप्पणीहरू