पाटन दरबार क्षेत्रको सुन्दरी चोकमा युरोपेली युनियनको ककटेल डिनर कार्यक्रम
विश्व सम्पदा सूचीमा सूचीकृत पाटन दरबार क्षेत्रमा आज युरोपेली युनियनले डिनर कार्यक्रम राखेको छ । युरोपेली युनियन नेपाल काठमाडौंकाे आयोजनामा उक्त कार्यक्रम राखिएको हो ।
युरोप डे मनाउने क्रममा युनियनले भण्डारखाल बगैंचा र सुन्दरी चोकमा डिनर कार्यक्रम राखेको हो । कार्यक्रमका प्रमुख अतिथि उपराष्ट्रपति नन्दबहादुर पुन रहनुभएको बुझिएको छ । कार्यक्रम साँझ ५ बजेदेखि ९ बजेसम्म हुने बताइएको छ ।
रात्री भोजमा युरोपेली मुलुकका राजदूत, काठमाडौंस्थित पश्चिमा राष्ट्र निकट कुटनीतिज्ञ सहभागी हुनुहुनेछ ।
टिप्पणीहरू