कञ्चनजंघाको टुप्पोमा नपुग्दै भारतीय आरोही बिते
विश्वको तेस्रो अग्लो कञ्चनजंघा हिमाल आरोहणका क्रममा एक जना भारतीय आरोहीको निधन भएको छ । आरोहणका क्रममा आठ हजार दुई सय मिटरको उचाइमा पुगेको अवस्थामा उनको निधन भएको हो ।
५२ वर्षीय नारायणन अयरको कञ्चनजंघाको शिखरतर्फ जाँदै गर्दा निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अयर आठ हजार पाँच सय ८६ मिटरको उचाइमा रहेको कञ्चनजंघा हिमालको चुचुरोभन्दा तीन सय ८६ मिटर तलै बितेका हुन् ।
उनको शव उद्धारका लागि टोली परिचालन गरिएको छ । नारायणन पायोनिर एडभेञ्चर प्रालिको तर्फबाट उक्त हिमाल आरोहणमा गएका थिए ।
टिप्पणीहरू