काठमाडौं महानगरमा उठेका माओवादीका उम्मेदवारले एमाले रोजे

काठमाडौं महानगरमा उठेका माओवादीका उम्मेदवारले एमाले रोजे

नेकपा माओवादी केन्द्रका काठमाडौँ महानगरपालिकामा उम्मेदवार रहेका तीन जनाले एमाले रोजेका छन् । माओवादी केन्द्रबाट वडा नम्बर २४ का वडाध्यक्ष पदका उम्मेदवार राजेन्द्र श्रेष्ठ आज एमाले प्रवेश गरेका छन् । उनीसहित माओवादी परित्याग गरी एमाले प्रवेश गर्ने २४ जनालाई आज एमालेले औपचारिक कार्यक्रम गरेर भित्र्याएको छ ।

एमाले रोजेका राजेन्द्रले माओवादी केन्द्रको कार्यशैलीप्रति विमती राख्दै पार्टीमा परिवारवाद हावी भएको बताएका छन् ।

यसअघि माओवादी केन्द्रका तर्फबाट काठमाडौँ महानगरपालिका वडा नम्बर १३ का वडाध्यक्षको उम्मेदवार रामशरण डंगोल र १५ का वडाध्यक्ष उम्मेदवार रत्नकाजी महर्जन पनि पार्टी परित्याग गरी एमाले प्रवेश गरेका थिए ।

टिप्पणीहरू