एमालेका वडाध्यक्ष उम्मेदवार चौधरी बिते

एमालेका वडाध्यक्ष उम्मेदवार चौधरी बिते

तुलसीपुर उपमहानगरपालिका–१७ का वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको मृत्यु भएको छ । नेकपा एमालेबाट उम्मेदवार बनेका चौधरीको गएराति मृत्यु भएको हो ।

चुनाव प्रचारको क्रममा बिरामी परेपछि उनलाई उपचारको निम्ति दुईपटक नेपालगञ्जस्थित भेरी अस्पताल लगिएको थियोे । तर, स्वास्थ्यमा सुधार नभएपछि थप उपचारका लागि काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा पुर्याइएको हो । तर उपचारको क्रममा गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

उनको शवलाई काठमाडौंबाट दाङ लैजाने तयारी भइरहेको प्रहरीले बताइएको छ ।

तुलसीपुर बघौसी निवासी ५३ वर्षीय चौधरी मिर्गौला र कलेजोको समस्याबाट पीडित थिए । उनी यसअघि वडा नम्बर १७ को वडा सदस्य थिए ।

टिप्पणीहरू