उपमेयरकी उम्मेदवार पनि बितिन्
कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा नेपाली काँग्रेसबाट उपमेयर पदकी उम्मेदवार शुभावति कुर्मीको निधन भएको छ । कुर्मीको पनि गएराति निधन भएको हो ।
राति अकस्मात बिरामी भएपछि तत्काल जिल्ला अस्पताल लगिएको कुर्मीको त्यहिँ निधन भएको हो । चिकित्सकले उनलाई हृदयाघात भएको बताएका छन् ।
उपमेयरको निधन भएका कारण उक्त नगरपालिकाको निर्वाचन केही दिनपछि हुने सम्भावना बढेको छ । कुर्मी यसअघिको निर्वाचन उपमेयर निर्वाचित भएकी थिइन् ।
गएराति नै दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ का वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको मृत्यु भएको छ ।
टिप्पणीहरू