घनश्यामले घरदैलो कार्यक्रममा पैसा बाँडेको तस्बिर सार्वजनिक
आज मध्यरातदेखि ३० गते हुने स्थानीय तह निर्वाचनको निम्ति मौन अवधि शुरु हुँदैछ । तर यसअघि नै विभिन्न दलका नेता तथा कार्यकर्ताले मतदातालाई प्रलोभनमा पार्न अनेक हतकण्डा अपनाएका खबर बाहिरिएका छन् ।
सोही क्रममा लमही नगरपालिका–१ वडाध्यक्षका उम्मेदवारले मतदातालाई घरदैलो कार्यक्रममा जाँदा खुसुखुसु पैसा बाँडेको आरोप लागेको छ । माओवादी केन्द्रका उम्मेदवार घनश्याम खनालले विशेषगरी वृद्धावृद्धालाई रकम दिएको आरोप विपक्षी दलहरुले लगाएका छन् ।
घनश्यामले पैसा बाँडेको तस्बिर सार्वजनिक भएको भनिए पनि सामाजिक सञ्जालमा फेला परेको छैन । तर एमालेका स्थानीय नेता तथा कार्यकर्ताले भने खनालले रकम बाँडेको तस्बिर आफूहरुसँग रहेको बताएका छन् ।
टिप्पणीहरू