काँग्रेस कार्यकर्ताले ब्रेकको तार काट्दा एमाले उम्मेदवार रातभरी गाडीमा

काँग्रेस कार्यकर्ताले ब्रेकको तार काट्दा एमाले उम्मेदवार रातभरी गाडीमा

ललितपुरको भट्टेडाँडामा एमाले उम्मेदवार चढेको गाडी तोडफोड गरिएको छ । युवा संघ नेपाल बागमती–३ का अध्यक्ष सन्तोष खड्काका अनुसार बागमती गाउँपालिका–३ का वडासदस्य उम्मेदवार नारायण बमजनको गाडी तोडफोड भएको हो ।

काँग्रेसका कार्यकतार्ताले गाडी तोडफोड गरेको उनले बताए । बमजनले भने, ‘गाडी समथर ठाउँमा भएकाले दुर्घटना हुनबाट बच्यो । ब्रेकको तार निकालिको थाहा पाएपछि हामी रातभर गाडीमै बस्यौं ।’

खड्काले गाडीमा राखिएको एमालेको झण्डा पनि निकालेर फ्याँकिएको बताए । उनले भने,‘साँझ ७ बजेर ३० मिनेटमा बुलाकी चौर पुगेका थियौं । राति १० बजेर ३० मिनेटमा फर्कदा गाडी तोडफोड गरेको अवस्थामा भेटियो ।’

निर्वाचनको क्रममा भोट माग्नका लागि बमजन पार्टीका कार्यकर्ता गणेश जिम्माको घरमा गएका थिए । खड्काले भट्टेडाँडा प्रहरी चौकीलाई राति नै सुरक्षाको निम्ति खबर गरेको बताए ।

काँग्रेस गाउँपालिका कमिटीका सभापतिसमेत रहेका पालिकाका अध्यक्ष उम्मेदवार विरबहादुर लोप्चनले भने यस विषयमा आफूलाई कुनै जानकारी नभएको उल्लेख गरे ।

टिप्पणीहरू