भोलिदेखि काठमाडौंको सिडिओ अफिसमा पनि सर्वसाधारणको काम नहुने
शुक्रबार हुन लागेको स्थानीय तहको निर्वाचनका कारण अधिकांश जिल्लाका सिडिओ कार्यालय र अन्य कार्यालयमा कम्तिमा एक साता काम ठप्प हुने सूचना जारी गरिएको छ । सोही क्रममा राजधानीको काठमाडौं जिल्ला प्रशासन कार्यालयले पनि तीन दिन सेवा अवरुद्ध हुने जनाएको हो ।
कार्यालयले तीन दिन सेवा अवरुाद्ध हुने जनाए पनि कम्तिमा छ दिन सर्वसाधारणको काम नहुने स्पष्ट छ । जिल्ला प्रशासन कार्यालयले भोलि, पर्सि र शुक्रबारका दिन निर्वाचनका कारण सर्वसाधारणलाई प्रदान गरिने सेवा प्रभावित हुने जनाएको छ ।
तर त्यसपछि लगत्तै शनिबार र आइतबारको सार्वजनिक बिदा र जेठ २ गते बुद्ध जयन्तीको दिन स्वतः सार्वजनिक बिदा परेकाले अब सर्वसाधारणले उक्त कार्यालयबाट प्राप्त गर्ने सेवाको लागि जेठ ३ गते मंगलबारसम्म कुर्नुपर्ने भएको हो ।
टिप्पणीहरू