रसुवामा धमाधम सीसीटीभी जडान
रसुवाका स्थानीय तहको निर्वाचनको मतगणनास्थलहरुमा सीसीटीभी जडान गरिएको छ । जिल्लाका पाँचवटै मतगणनास्थलमा सीसीटीभी जडान गरिएको हो ।
निर्वाचन आयोगले मतगणनास्थलमा सीसीटीभी अनिवार्य गरेकाले जिल्लाको सबै मतगणनास्थलमा सीसीटीभी जडान गरिएको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले जानकारी दिए ।
गोसाइँकुण्ड गाउँपालिकाको मतगणना जिल्ला समन्वय समितिमा गरिने भएको छ भने अन्य चार वटा पालिकाको मतगणना पालिकाको केन्द्रमा नै गरिने छ । जिल्लामा पाँच वटा गाउँपालिका छन् । जसमा २७ वटा वडा छन् । यो निर्वाचनमा जिल्लामा १७ वटा राजनीतिक दलले भाग लिएका छन् ।
जिल्लामा निर्वाचनका लागि एक सय ४५ पदका लागि चार सय ६७ जना प्रतिस्पर्धामा छन् । जसमा पाँच जना निर्विरोध भइसकेका छन् भने तीन पदमा उम्मेदवारी नै परेको छैन् । अब एक सय ३७ पदका लागि मात्रै निर्वाचन हुने छ । जिल्लामा ३८ हजार पाँच सय ४५ मतदाता छन् ।
टिप्पणीहरू