थप ७ जना ठेकेदार कालोसूचीमा

थप ७ जना ठेकेदार कालोसूचीमा

समयमै काम गर्न नसकेका सातवटा निर्माण कम्पनीलाई सरकारले कालोसूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयअन्तर्गत सार्वजनिक खरिद अनुगमन कार्यालयले सात वटा निर्माण व्यवसायी तथा आपूतिकर्तालाई कालोसूचीमा राखेको हो ।

सार्वजनिक खरिद ऐन २०६३, दफा ६३ को उपदफा १ बमोजिम ती निर्माण कम्पनीलाई एकदेखि तीन वर्षसम्म कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।

आत्रेय निर्माण प्रालिलाई दुई वर्ष, एसियन लेदर इन्डस्ट्रिज प्रालिलाई तीन वर्ष, जीवाई कन्स्ट्रक्सन प्रालिलाई एक वर्ष र गोल्डफिस इन्जिनियरिङ एण्ड कन्स्ट्रक्सन प्रालिलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ ।

त्यसैगरी, मिलेनियम शंकरमाली जेभीलाई दुई वर्ष, प्यासिफिक विल्डर्स प्रालिलाई तीन वर्ष र श्रेष्ठ निर्माण सेवालाई एक वर्ष कालोसूचीमा राखिएको हो ।

टिप्पणीहरू