माओवादी र काँग्रेसको लडाईंमा प्रहरी घाइते

माओवादी र काँग्रेसको लडाईंमा प्रहरी घाइते

अस्ति आइतबार राति रुकुम पश्चिमको चौरजहारी र आठबिसकोट नगरपालिकामा नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसका कार्यकर्ताबीच झडप भएको छ ।

झडपमा दुई जना प्रहरीसहित १० जना घाइते भएका छन् । उनीहरूको अहिले पनि उपचार भइरहेको छ । अस्थायी प्रहरी पोष्ट स्यालाखदीका अनुसार आठबिसकोट नगरपालिका–३ खदीमा दुई पक्षबीच भएको झगडा मिलाउने क्रममा दुई जना प्रहरी जवान बुद्धबहादुर थापा र चक्रबहादुर रोकाया घाइते भएका हुन् ।

यस्तै माओवादी केन्द्र र काँग्रेसका गरी वडाध्यक्षका उम्मेदवारसहित पाँच जना घाइते भएका छन् । माओवादी केन्द्रका वडाध्यक्षको उम्मेदवार केशरमान विक तथा कार्यकर्ता तुलबहादुर विक र सन्तोष विक घाइते भएका हुन् । त्यसैगरी नेपाली काँग्रेसका आठबिसकोट–३ का सीता बोहरा र डिल्लीराज बोहरा घाइते भएका छन् ।

टिप्पणीहरू