कतारकी राजकुमारी कञ्चनजंघाको टुप्पोमा

कतारकी राजकुमारी कञ्चनजंघाको टुप्पोमा

कतारकी राजकुमारी शेखा आश्मा अलथानी विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघाको शिखरमा पुग्ने पहिलो अरब महिला बनेकी छन् । उनले आज आफ्नो इन्स्टाग्राममा स्टाटस राख्दै कञ्चनजंघा शिखरमा पुग्ने पहिलो अरब नागरिक हुन पाएकोमा गर्व लागेको बताएकी हुन् ।

‘म केही दिन बिरामी परेकी थिएँ त्यसैले आँटेको हिमाल चढ्न सक्दिनँझैँ लागेको थियो । तर, जम्मा दुई दिनमै भब्य कञ्चनजंघाको सफल आरोहण गरेँ’, उनले आफ्नो पोष्टमा भनेकी छन्, ‘हिमाल चढ्न सहज थिएन र यसले मलाई अझै हिम्मत दिएको छ ।’

आश्माले आफ्नो सफलताका पछाडि बलियो टिमको साथ र सहयोग रहेको पनि उल्लेख गरेकी छन् । निम्स दाइलगायतको टीमले शिखरमा पुग्न सहयोग गरेको उनले भनेकी छिन् ।

यसअघि आश्माले सगरमाथा आरोहणको प्रयास गरेकी थिइन, जुन सफल हुन सकेको थिएन । ८,५८६ मिटर उचाइको कञ्चनजंघा विश्वको तेस्रो अग्लो हिमाल हो ।

टिप्पणीहरू