भोट हाल्न जानेले नागरिकता बोके हुने

भोट हाल्न जानेले नागरिकता बोके हुने

वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा मतदाता परिचयपत्र नभएकाहरुले पनि मतदान गर्न पाउने भएका छन् । निर्वाचन आयोगले परिचयपत्र नभएका मतदाताले नागरिकता देखाएर भोट हाल्न पाउने व्यवस्था गरेको हो ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नागरिकता भएका सबैले मतदान गर्न पाउने व्यवस्था मिलाइएको जानकारी दिनुभयो । आज आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले मतदाता परिचयपत्र साथमा नभएकालाई मताधिकारबाट वञ्चित नगरिने प्रष्ट पार्नुभएको हो ।

मतदानका लागि परिचयपत्र अनिवार्य हो कि नागरिकताले पनि पाउने भन्ने प्रश्नमा उहाँले नागरिकता प्राप्त गरेका सबै नागरिकले मतदान गर्ने पाउने गरि व्यवस्था गरिएको जानकारी दिनुभयो ।

तर, हातमा नागरिकता हुनेको पनि आयोगले यसअघि तयार पारेको मतदाता नामावलीमा नाम भने हुनुपर्ने छ ।

टिप्पणीहरू