भरतपुरमा साडीसँगै पैसा देखेको बागीको दाबी
चितवनको भरतपुर महागनरपालिकामा मेयर पदका स्वतन्त्र तथा काङ्ग्रेसबाट बागी उम्मेदवार जगन्नाथ पौडेलले विपक्षी उम्मेदवारले चुनाव जित्न अनेकौं हतकण्डा अपनाएको बताएका छन् । उनले हिजो भरतपुरमा आयोजित कोणसभामा गठबन्धनका उम्मेदवारहरुले मतदातालाई प्रभावित पार्न साम,दाम र दण्ड,भेदको अधिकतम उपयोग गरेको आरोप लगाएका हुन् ।
भरतपुरको मालपोत चोकमा भएको कोणसभालाई सम्बोधन गर्दै उनले सत्ता गठबन्धनका उम्मेदवारले मतदाता प्रभावित गर्न झोलामा पाँच हजार र दश हजार रुपैयाँको बिटो र सारी बाँडेको सूचना आफूलाई आएको बताएका थिए ।
भरतपुरमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी रेनु दाहाल मेयरकी प्रत्यासी छिन् । उपमेयरमा नेपाली काँग्रेसका उम्मेदवार छन् । दाहाल मनोनयन दर्ताको निम्ति राजीनामा दिएकी मेयर नै हुन् ।
जगन्नाथ भने नेपाली काँग्रेसका पुराना नेता तथा पूर्व सांसद पनि हुन् । उनीलगायतका काँग्रेसीहरुले भरतपुरको मेयर नेपाली काँग्रेसको उम्मेदवार हुनुपर्ने बताउँदै आएका थिए । गठबन्धनबाट रेनुुलाई पुनः उम्मेदवार बनाइएपछि उनीहरु विरोधमा उत्रिएका हुन् ।
टिप्पणीहरू