चीनसँग तोड्ने, भारतसँग जोड्ने
प्रधानमन्त्री तथा नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले चिनियाँ कम्पनीसँगको सम्झौता तोड्ने र भारतीय कम्पनीसँग नयाँ सम्झौता गरिने बताउनुभएको छ ।
उहाँले आफ्नो गृहजिल्ला डडेलधुराको सदरमुकाममा आयोजित चुनावी सभामा बोल्दै चिनियाँ कम्पनी थ्री गर्जेजसँगको सम्झौता तोडिएको बताउनुभएको हो । सोही कार्यक्रममा उहाँले भन्नुभयो, ‘पश्चिमसेती जलविद्युत् आयोजना निर्माणको जिम्मा भारतीय कम्पनीलाई दिने तयारी भइरहेको छ ।’
लामो समयदेखि विवाद देखिए पनि यसअघि नेपाल सरकारले उक्त जलविद्युत परियोजना निर्माणको जिम्मा चीनको सरकारी कम्पनी थ्री गर्जेजलाई दिने सम्झौता गरेको थियो । चीनको उक्त परियोजना विश्वमा हालसम्मकै सबैभन्दा ठूलो जलविद्युत परियोजना हो ।
टिप्पणीहरू