विप्लवसँग को–को बिच्किए ?
नेकपा विप्लवबाट छुट्टिएर आफ्नो समूहको नाममा ‘बहुमत’ जोडेको धमेन्द्र–हेमन्त खेमामा ६९ सदस्यीय केन्द्रीय समितिबाट ८ जना खुलेको बताइन्छ । जसमध्ये दीपक चलाउने, गुणराज लोहनी, निमेल राई पूर्ण सदस्य हुन् भने वैकल्पिक केन्द्रीय सदस्यहरुमा पूर्ण सिंह, रुपेश वाग्ले, नयन परियार, शरद रसाइली र लालबहादुर बिसी छन् ।
यसरी केन्द्रीय समितिका ३१ जना पूर्ण सदस्यमध्ये २ जना, वैकल्पिक ३९ जनामध्ये ५ जना धर्मेन्द्र–ओली समूहमा लागेका हुन् । जिल्ला सेक्रेटरीहरुमध्ये ७ जना नयाँतिर उभिएका छन् । शिवगढी बैठकको बेला चुनाव बहिष्कारको पक्षमा उभिएका चुडामणि ओली ‘आदर्श’, धिरेन्द्रा उपाध्याय ‘भृकुटी’ र वर्तबहादुर राई ‘शशी’ भने गाउँपालिका अध्यक्षको प्रत्यासी नै भएका छन् ।
एटम बिसी र भेषराज भुसाल पनि निर्वाचनमा होमिएका छन् । केन्द्रीय समिति बैठकमा निर्वाचन बहिष्कार भन्ने माइला लामा, सावित्री दुरा, सुमन लिम्बु, धु्रव पराजुली र खुमा सुवेदी पनि विभाजनविरुद्ध उभिएका छन् । ‘चुनाव बहिष्कारको कार्यनीति मान्नुको अर्थ पार्टी फुट हुनै नसक्ने’ तिनको धारणा छ ।
टिप्पणीहरू