मत हाल्नुअघि भोजबहादुर काङ्ग्रेसतिर,कपुरजङ्ग एमालेतिर
स्थानीय निर्वाचनको पूर्वसन्ध्यामा नेपाली काँग्रेसका होनहार युवा एमाले प्रवेश गरेका छन् । बेसीशहर नगरपालिका ४, साविक पुरानकोट गाविसका उपसभापति कपुरजंग गुरुङको अगुवाइमा ४५ जना एमाले प्रवेश गरेका हुन् ।
सोही वडामा एमालेका तर्फबाट अध्यक्षमा दावेदार भोजबहादुर गुरुङ गत आइतबार काँग्रेस निवर्तमान सभापति भेषबहादुर पौडेलको गेट वे हिमालयन रिसोर्टमा गएर सुटुक्क काँग्रेस प्रवेश गरेका थिए । त्यसैको बदलास्वरुप एमालेले गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा उपमहासचिव पृथ्वीसुब्बा गुरुङको प्रमुख आतिथ्यमा पुरानकोटमा आयोजित चुनावी सभामार्फत कपुरजंग गुरुङ,विष्णु गुरुङ,युवराज गुरुङ,युक्त गुरुङ,दिलमान गुरुङ,मिलन गुरुङ,हर्कबहादुर गुरुङ,सन्जय गुरुङ,चित्र गुरुङ,धनबहादुर गुरुङलगायतलाई एमालेमा लगेका हुन् ।
त्यसैगरी सूर्य गुरुङ,सेते गुरुङ, राजकुमार गुरुङ,टीकामान गुरुङ, रामबहादुर गुरुङ,रोहन गुरुङ,पूर्ण गुरुङ,आइतीकुमारी गुरुङ, हिराकुमारी गुरुङ,रेलमाया गुरुङ, मनमाया गुरुङ,हिरामाया गुरुङ, बोलमाया गुरुङ,सुशीला गुरुङ, महेन्द्र श्रेष्ठ,रासबहादुर तामाङ सहितका काँग्रेस युवाले एमाले रोजेका छन् ।
बेसीशहर नगरपालिकामा गठबन्धनले जसरी पनि जीत निकाल्न हरप्रयास गरिरहेको बेला काँग्रेसका कट्टर युवाहरुको एमाले प्रवेशलाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ । चुनावी प्रतिस्पर्धामा कहिल्यै पराजित नभएका एमाले उम्मेदवार गुमानसिंह अर्याललाई पाँचदलीय गठबन्धनले खासै असर नपार्ने भन्दै गर्दा काँग्रेस-माओवादी छाड्दै एमाले प्रवेश गरेकाले अर्याललाई झन् सहज बनेको बताइन्छ ।
केहीदिन पहिले मात्रै राप्रपा उपाध्यक्ष हेमजङ गुरुङ्गको गाउँ मर्स्याङ्दी गाउँपालिका घनपोखराका राप्रपा, माओवादी केन्द्र छाडी कृष्ण बिकको नेतृत्वमा एमाले प्रवेश गरेका थिए । त्यसैगरी माओवादी केन्द्र निकट प्रेस सेन्टरसँग आवध्द पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य, लमजुङ्ग जिल्लाका अध्यक्ष एवम् अन्नपूर्ण पोष्टका पत्रकार नवीनराज कुईकेल पनि माओवादी केन्द्र छाडेर भर्खर एमाले प्रवेश गरेका छन् ।
-अञ्जनकुमार
टिप्पणीहरू