काँग्रेसका वडाध्यक्ष मतदाता परिचयपत्र टिपेर बेपत्ता,पछि लागे सेना,प्रहरी

काँग्रेसका वडाध्यक्ष मतदाता परिचयपत्र टिपेर बेपत्ता,पछि लागे सेना,प्रहरी

दोलखामा काँग्रेसका वडाध्यक्ष मतदाता परिचयपत्र हात पारेर फरार भएका छन् । आज दिउँसो १ बजे तामाकोशी गाउँपालिका १ भीरकोटस्थित वडा कार्यालयबाट वडाध्यक्ष र काँग्रेस कार्यकर्ताहरु मतदाता परिचयपत्र कब्जा गरेर कुदेका हुन् ।

चार जना काँग्रेस कार्यकर्ता र एक जना वडाध्यक्षले एक सय २५ वटा मतदाता परिचयपत्र लगेपछि सशस्त्र प्रहरी बलको टोली उनीहरुको खोजीमा निस्केको छ । उनीहरुको खोजीमा नेपाली सेना र नेपाल प्रहरीको टोली पनि परिचालन भएको छ ।

टिप्पणीहरू