प्युठानमा एमाले र काँग्रेसबीच झडप, ४ जना घाइते
आज प्युठानमा एमाले र गठबन्धनको मुख्य दल नेपाली काँग्रेसका कार्यकर्ताबीच झडप भएको छ । झडप सरुमारानी गाउँपालिका ३ स्थित हंशपुरमा आज दिउँसो भएको हो ।
झडपमा स्थानी काँग्रेस कार्यकर्ता २४ वर्षे रमेश रानामगर र एमालेका कार्यकर्ता २३ वर्षका टेकेन्द्र मगर घाइते भएका हुन् । अन्य घाइतेमा २७ वर्षे शंकर विक र २३ वर्षे गुमानसिंह मगर पनि हुन् ।
घाइतेमध्ये तीन जनाको स्थानीय अस्पतालमा उपचार भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते रमेशलाई थप उपचारको निम्ति बुटवल लैजाने तयारी गरिएको बताइएको छ ।
टिप्पणीहरू