हिजो साँझ बेलायती दूतावासमा कानुनमन्त्रीको प्रवेश

हिजो साँझ बेलायती दूतावासमा कानुनमन्त्रीको प्रवेश

लैनचौरस्थित बेलायती दूतावासले हिजो साँझ विकास मामिला हेर्ने अफिसर जोनाथनको बिदाइमा विशेष पार्टीको आयोजना गरेको छ । विश्व बैंकसहित विभिन्न देशका सिमित कूटनीतिक व्यक्तिको उपस्थिति रहेको उक्त पार्टीमा कानुनमन्त्री गोविन्द बन्दीको समेत सहभागिता रहेको बताइन्छ ।

मुश्किलले एक दर्जन व्यक्तिको मात्र सहभागिता रहेको विशेष पार्टी साँझ एक घण्टा मात्र चलेको हो । पार्टीमा सहभागी हुन मन्त्री बन्दी रात पर्नासाथ दूतावास परिसर पुगेको र त्यहाँबाट निस्केर साथी सुरेशकोमा गएको उहाँको पारिवारिक श्रोतले जनआस्थालाई बतायो ।

टिप्पणीहरू