भारतीय प्रधानमन्त्री आउनुअघि गृहमन्त्रालयमा भेटघाट बाक्लो

भारतीय प्रधानमन्त्री आउनुअघि गृहमन्त्रालयमा भेटघाट बाक्लो

भारतीय दूतावासको सुरक्षा विभाग प्रमुख तथा प्रथम सचिव नेहा पाण्डे सिंहदरवारस्थित गृहमन्त्रालय पुग्नुभएको छ । उहाँ आफ्ना प्रधानमन्त्रीको लुम्बिनी भ्रमणमा सुरक्षावारे सल्लाह गर्न हिजो दिउँसो त्यहाँ पुगेको बताइन्छ ।

पाण्डे र मन्त्रालयका प्रवक्ता तथा सहसचिव फणिन्द्रमणि पोखरेलवीच भेट भएको हो । उहाँहरुबीच हिजो मध्यान्ह सवा १२ बजेदेखि करिब एक घण्टा भेटवार्ता भएको गृहमन्त्रीको निजी सचिवालयले जनआस्थालाई बतायो ।

टिप्पणीहरू