विप्लवबाट फुटेका नेताहरु भालुवाङमा समातिए

विप्लवबाट फुटेका नेताहरु भालुवाङमा समातिए

निर्वाचन बिथोल्ने रणनीतिमा जुटेका “नेकपा बहुमत”का नेताहरु अहिले बिहान दाङ्ग र रोल्पा छुट्टिने लुम्बिनी प्रदेशको नयाँ राजधानी भालुवाङमा समातिएका छन् । हिजो अपरान्ह नेपालगञ्ज जाने भन्दै ती नेता भाडाको गाडीमा पोखराबाट अघि बढेका थिए । निगरानीको क्रममा प्रहरीले भालुवाङबाट नियन्त्रणमा लिएको हो ।

भोलि हुने स्थानीय निर्वाचन बहिष्कारको घोषणा गरेका धर्मेन्द्र बाँस्तोला “कन्चन” र हेमन्तप्रकाश ओली “सुदर्शन” माथि निगरानी गर्न प्रहरी प्रधान कार्यालयले सबै जिल्ला प्रहरी कार्यालयलाई हिजै राती सर्कुलर गरेको थियो ।

हिजो पोखरामा बसेको उक्त समूहको बैठकले स्थानीय तहको निर्वाचन बिथोल्ने निर्णय गरेपछि उनीहरु ना.५ ख ३३७८ नम्बरको भाडाको जीप प्रयोग गरेर पोखराबाट नेपालगञ्जतर्फ लागेका थिए ।

प्रहरी हेडक्वार्टरको कार्य विभाग,प्रशासन शाखाले हिजो साँझ सबै युनिट,प्रहरी परिसर,सात वटै प्रदेश प्रहरी कार्यालय, ७४ वटा जिल्ला प्रहरी कार्यालय र केन्द्रीय निर्वाचन सेललाई पठाएको जानकारीमा निगरानीको आदेश दिइएको थियो ।

टिप्पणीहरू