राजनीतिक भीभीआईपी सबै गाउँतिर
भोलि हुने स्थानीय तहको निर्वाचनमा मतदान गर्न राजनीतिक दलका शीर्ष नेताहरु आफ्नो गृह जिल्ला र गृह पालिका पुग्नुभएको छ । संवैधानिक अंगका प्रमुखहरु पनि जिल्ला पुगिसक्नुभएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा अस्तिदेखि गृहजिल्ला डडेलधुरामा हुनुहुन्छ । भोलि मतदान गरेपछि मात्रै राजधानी फर्कंदै हुनुहुन्छ ।
संसदमा प्रमुख विपक्षी दलका नेता तथा एमाले अध्यक्ष केपी शर्मा ओली पनि मतदानको निम्ति गृह जिल्ला झापा पुग्नुभएको छ । त्यसैगरी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन र जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादव सिरहा जानुभएको छ । उता एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल रौतहट र सम्मानीत नेता इलाममा हुनुहुन्छ ।
उता राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना भोलि हुने स्थानीय तह निर्वाचनमा मतदान गर्न पर्वत पुग्नुभएको छ । सभामुख अग्निप्रसाद सापकोटा गृहजिल्ला सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ४ कुविण्डेस्थित सेतीदेवी पञ्चकन्या माध्यमिक विद्यालयमा रहेको केन्द्रबाट मतदान गर्न आज जिल्ला पुग्नुभएको छ ।
मतदानको निम्ति जसपाका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई गृहजिल्ला गोरखा पुग्नुभएको छ ।
टिप्पणीहरू