स्थानीय तह निर्वाचनको मतदान प्रारम्भ

स्थानीय तह निर्वाचनको मतदान प्रारम्भ

स्थानीय तह सदस्य निर्वाचन भर्खरै प्रारम्भ भएको छ । मुलुकका सात सय ५३ वटा स्थानीय तहमध्ये अधिकांशमा मतदान थालिएको हो । अहिले बिहान ७ बजेदेखि सुरु भएको मतदान बेलुकी ५ बजे सकिनेछ ।

स्थानीय तहमा नयाँ जनप्रतिनिधि चुन्न मतदाताहरु तोकिएको मतदानस्थल र केन्द्रमा पुगेका छन् । मतदान स्थलमा बिहानैदेखि भीड लागेको छ । बिहानको शीतलमा मतदान गर्न मतदाताहरु ओइरिएका कारण अधिकांश मतदान केन्द्रमा बिहानैदेखि निकै लामो लाइन देखिएको हो ।

देशभरका एक करोड ६६ लाख ३३ हजार सातसय २३ जना मतदाता आजको मतदानमा सहभागी हँुदैछन् । मतदान केन्द्रमा महिला र पुरुषको छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको छ ।

१० हजार पाँच सयभन्दा बढी मतदानस्थल र २२ हजारभन्दा बढी मतदान केन्द्रमा मतदान प्रारम्भ भएको बताइएको छ । अधिकांश मतदानस्थलको सुरक्षा व्यवस्थामा निकै कडाइ गरिएको छ । मतदान अवधिभर यातायात आगमनसमेत बन्द गरिएको छ ।

निर्वाचन आयोगले यस पटक परिचयपत्र, नागरिकता, लालपूर्जा र अन्य सक्कल कागजातको आधारमा भोट दिने व्यवस्था मिलाएको छ । शारीरिक रुपमा अशक्त, सुत्केरी, बिरामी र वृद्धवृद्धालाई पनि सहज रुपमा मतदान गर्न सक्ने प्रबन्ध मिलाइएको आयोगले पटक पटक जानकारी दिएको छ ।

मुलुकका सात सय ५३ वटा मतदानस्थलमा ३५ हजार दुई सय २१ जनप्रतिनिधि रहने व्यवस्था छ । यस पटकको निर्वाचन एउटै चरणमा सम्पन्न हुँदैछ ।

टिप्पणीहरू