निर्वाचन बहिष्कारको माग गर्दै पाटनमा मशाल जुलुस
आज साँझ ललितपुरमा मशाल जुलुस निकालिएको छ । नेकपा (क्रान्तिकारी माओवादी) ले भोलि हुन लागेको स्थानीय तह निर्वाचन बहिष्कार गर्न आह्वान गर्दै मशाल जुलुस निकालेको हो ।
आज साँझ ७ बजेको समयमा पाटनकाे हौगल चोकमा नेकपा (क्रान्तिकारी माओवादी) सीमित प्रदर्शनकारीले उक्त जुलुस निकालेका हुन् । आधा दर्जनको संख्यामा देखिएका प्रदर्शनकारीले निर्वाचन बहिष्कारको पर्चा समेत फालेका थिए ।
टिप्पणीहरू