बिहानै मतदान गर्ने को को ?
स्थानीय तहको निर्वाचनको क्रममा आज बिहान ७ बजेबाट मुलुकभरका स्थानीय तहमा तोकिएका मतदान केन्द्रमा मतदाताहरुले मतदान गर्न थालेका छन् । सर्वसाधारण बिहान ६ बजेदेखि नै मतदानको निम्ति लाइनमा बसेका थिए ।
मतदानको पहिलो एक घण्टामा केही विशिष्ट व्यक्तित्व र चर्चामा रहेका केही उम्मेदवारहरुले मतदान गरेका छन् । जसअनुसार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बिहान ७ बजे भक्तपुरको लोकन्थलीमा मतदान गर्नुभएको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकमा, काठमाडौं महानगरपालिकामा मेयरका उम्मेदवार केशव स्थापितले बागबजारको पद्यकन्या कलेज मतदान केन्द्रमा मतदान गर्नुभएको हो ।
त्यसैगरी काठमाडौंमा गठबन्धनको तर्फबाट मेयर उम्मेदवार नेपाली काँग्रेसकी सिर्जना सिंह र काँग्रेस नेता तथा सभासद प्रकाशमान सिंहले पकनाजोलस्थित नेपाल युवक माध्यमिक विद्यालय केन्द्रमा मतदान गर्नुभएको हो । ललितपुर महानगरमा काँग्रेसको तर्फबाट मेयर उम्मेदवार चिरिबाबु महर्जनले झम्सिखेलस्थित आइडल मोडल स्कुलको मतदान केन्द्रमा मतदान गर्नुभएको छ ।
उता भरतपुर महानगरपालिकामा गठबन्धनको तर्फबाट मेयर पदकी उम्मेदवार रेनु दाहालले पनि मतदान गरिसक्नुभएको छ । गृहमन्त्री बालकृष्ण खाँणले रुपन्देहीमा भर्खरै मतदान गर्नुभएको छ ।





टिप्पणीहरू