वैद्य माओवादीका डेढ दर्जन नेता, कार्यकर्ता असनबाट पक्राउ
स्थानीय तहको निर्वाचन वहिष्कारको आह्वान गर्दै आएको मोहन वैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) का नेता तथा कार्यकर्ता काठमाडौंका असनबाट समातिएका छन् । उनीहरुलाई प्रहरी हिजो राति पक्रेको हो ।
हिजो राति असनमा निकालिएको मसाल जुलुसको क्रममा उनीहरुलाई पक्रेको नेकपा क्रान्तिकारी माओवादीले पुष्टि गरेको छ ।
हिजो रातिदेखि प्रहरी हिरासतमा रहेका नेता कार्यकर्तामा पार्टी पोलिटब्युरो सदस्य दिनेश शर्मा केन्द्रीय सदस्यहरुमा शारदा महत, वसन्त बोगटी, हरिकृष्ण गजुरेल, खगेन्द्र छन्त्याल, राम नेपाली हुन् ।
त्यसैगरी प्रदेश कमिटी सदस्यहरुमा सुरेश तामाङ, सुनिता बुढाथोकी, ढोगप्रसाद अधिकारी, शेखर आचार्य, ज्ञानेन्द्र प्रजापति छन् । जिल्ला सदस्यहरुमा टीका परेल, राजु लामा, अजय बज्राचार्य हुन् ।
पक्राउ परेका अन्यमा नगर कमिटी सदस्य रामभक्त आचार्य पनि हुन् ।
टिप्पणीहरू