ताप्लेजुङमा लाश भेटियो, राजनीतिक दलहरुबीच आरोप प्रत्यारोप

ताप्लेजुङमा लाश भेटियो, राजनीतिक दलहरुबीच आरोप प्रत्यारोप

कमल भट्टराई

ताप्लेजुङको मिक्वाखोला १, खोक्लिङमा एउटा लाश भेटिएको छ । अस्ति साँझ विमल कार्कीको शंकस्पद लाश भेटिएपछि राजनीतिक दलहरुले परस्पर विरोधी धारणा सार्वजनिक गरेका छन् ।

नेकपा एमाले ताप्लेजुङले उक्त घटनालाई निर्मम हत्या भन्दै छानबिनको माग गरेको छ । हिजो जारी विज्ञप्तिमा दोषीलाई कारबाही गर्न माग गरिएको छ ।

नेकपा एमालेले मेरिङदेन, सिरिजंघा, फक्ताङ्लुङमा समेत आफ्ना मतदातालाई त्रसित बनाएको भन्दै सत्तागठबन्धनमा रहेका नेपाली काँग्रेसलगायत पार्टीहरुबाट यस्ता कार्यहरु भएको आरोप लगाएको हो ।

ताप्लेजुङका गठबन्धन दलहरुले पनि घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेका छन् । उनीहरुले जारी गरेको विज्ञप्तिमा प्रहरी अनुसन्धान र छानबिनमा राजनीतिक प्रभाव नपार्न र निष्पक्ष गराउन भनिएको छ । एमालेप्रति लक्षित गर्दै लाशमाथि राजनीति नगर्न समेत भनिएको छ ।

टिप्पणीहरू